वडा अध्यक्षकाे घरमा वम विस्पाेटन दुई घाईते

राेसन दानी, झापाको दमकमा बम विष्फोट भएको छ । दमकको वडा न ७ स्थित वडा अध्यक्ष भिम पौडेलको घरलाई लक्षित गरि बम विष्फोट गरिएको हो । बम विष्फोटमा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यलयका एसपी विष्णु केसीले जानकारी दिए ।

घाईते हुनेमा श्यामु राई र त्रिलोचन पौडेल रहेका छन् । उनीहरुलाई उपचारको लागि दमकको लाईफलाईन अस्पताल भर्ना गरिएको छ। बम बिष्फोटमा वडा अध्यक्षको घर अगाडीको चेन गेटमा क्षति पुगेको एसपी केसीले बताए । ठूलो आवाज सहित बम बिस्फोट भएपछि स्थानीयहरु त्रसित भएका छन । घटनाको अनुसन्धन भइरहेको एसपी केसीले बताए ।