चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमणबाट तेस्रो मृत्यु

४ असोज, काठमाडौं ।चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमणबाट तेस्रो मृत्यु भएको छ । काठमाडौंस्थित छाउनी अस्पतालको आइसोलेसनमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का ७८ वर्षीय पुरषको कोरोना संक्रमणबाट मृत्यु भएको जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जनले जानकारी दिए । उनि मधुमेहको समस्या समेत रहेको र उनलाइ निमोनिया पनि भएको डा. सुदा महर्जनले बताए।



jibss

पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार
च.न.पा वडा २ मा १ जना,
च.न.पा वडा ९ मा १ जना,
च.न.पा वडा १० मा १ जना,
च.न.पा वडा १२ मा २ जना,
च.न.पा वडा १३ मा २ जना,
च.न.पा वडा १४ मा १ जना,
च.न.पा वडा १५ मा १ जना
गरि चन्द्रागिरि नगरपालिकामा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३०२ पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ३०२ पुगेको हो।

संक्रमण पुष्टि भएकामध्ये १८७ जना निको भएका छन् भने ५१ जना अस्पतालमा र घरमा ६१ जना उपचार भइरहेको छन् ।

साथै संक्रमण पुष्टि भएकामध्ये  १९८ जना पुरुष, १०४ जना महिला र ६ जना बालबालिका रहेको छन्।

साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या ३ पुगेको छ ।