६ असोज, काठमाडौं ।चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमणबाट चौथो मृत्यु भएको छ । काठमाडौं कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो। चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ का ४९ वर्षीय पुरषको कोरोना संक्रमणबाट मृत्यु भएको जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जनले बताएका हुन्।
पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका छन् । चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार
च.न.पा वडा २ मा १ जना,
च.न.पा वडा ५ मा १ जना,
च.न.पा वडा ६ मा १ जना,
च.न.पा वडा ७ मा २ जना,
च.न.पा वडा ९ मा १ जना,
च.न.पा वडा १५ मा २ जना
गरि चन्द्रागिरि नगरपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३१८ पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ३१८ पुगेको हो।
संक्रमण पुष्टि भएकामध्ये २०६ जना निको भएका छन् भने ५१ जना अस्पतालमा र घरमा ५७ जना उपचार भइरहेको छन् ।
साथै संक्रमण पुष्टि भएकामध्ये २१० जना पुरुष, १०८ जना महिला र ६ जना बालबालिका रहेको छन्।
साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या ४ पुगेको छ ।
Leave a Reply
You must be logged in to post a comment.