“कोरोनाले त मलाई मारेनन तर समाज ले सैयौं पटक मारे”

कोरोना को अनुभव!

पहिला आफूलाई नहुँदासम्म के हो? के हो? जस्तो लाग्थ्यो। भई नै सकेपछि कोरोना त ए साँच्चिकै रहेछ भन्ने लाग्यो। योबारे जति धेरै पढेका छौं, मिडियामा आएका छन्, ती कुराहरूबाट त डर पैदा भएको छ। जसरी बाहिर डर देखाइएको छ, त्यस्तो मलाई लागेन। हुन त मेरो उमेरले पनि फरक पारेको हुन सक्छ।

कोरोना लागेपछि मान्छेको मृत्यु नै हुन्छ, एकदमै समस्या गर्छ भनेर जुन डर देखाइएको हुन्छ, मैले भने त्यस्तो पाइनँ। हुन त यो नयाँँ कुरा भएकाले सबैलाई के हो? के हो भन्ने भाको छ। तर, जति धेरै हल्ला फैलाइएको छ, त्यति धेरै डराउनुपर्ने अवस्था भने रहेनछ।

कोरोना लागेको सुरुवात दुइ दिन मा मात्र जोवरो, रुघा, घाती सुखा हुने, सास फ्रेन गाह्रो हुने भयो अरु दिन मा त जस जिउ थाक्ने मात्र भयो। मलाइ टाउको चै कहिले पनि दुखेन थकाई चै अती लाग्यो। दुई तीन दिन मात्र केहि लक्षण देखियो। त्यसपछि भने निको हुन थाल्यो।

होम आइसोलेसनको बसाइमा मैले केही तीता व्यवहारको अनुभव पनि पाए। घरमा आफ्नै सानो किराना पसल छ। पसलमा बुबा ममी बस्नु हुनु हुन्छ।
के कस्ता ब्यबहार आउछ थाहा पाउँदा पाउँदै मैले आफु संक्रमित भएको फेसबुकमा खुलासा गरे।
खुलासा गरेको भोलिपल्ट देखि नै पसलमा मानिसहरु आउने कम भयो र विभिन्न कुरा हरु सुन आए।

कोरोनाले त मलाई मारेनन तर समाज ले सैयौं पटक मारे
“ओइ त्यो पसलमा सामान किन नजाउ है, त्यो पसले आफन्तलाई कोरोना लाको छ!!!”
“हामी त्यो बाटो जान्नु हुन है, त्यो घरमा त कोरनालाको मान्छे छ नि!!!”

कोरोना निको भैसकेपछि
“ओइ अलि पर जा तलाई कोरोना लाको होइनर!!!”

कोरोना भएपछि नजिकका आफ्ना भनाउँदा केही शिक्षित वर्गबाटै रूखो व्यवहार पाएको छु। जे जस्तो भएता पनि। आफूले तीतो व्यवहार सहनु परे पनि नकारात्मकभन्दा सकारात्मक अनुभव धेरै रहेको अनुभव पाए।

अधिकांश आफन्तले दिएको हौसला र सहयोगले जीवनभरिका लागि ऋणी बनाएको छ। थोरै मानिस नकारात्मक भए पनि धेरै मानिस सकारात्मक नै पाएको छु।

हौसला र मनोबल आवश्यक पर्ने कोरोना संक्रमितलाई उल्टो व्यवहार नगर्न आग्रह गर्न चाहन्छु। कोरोना संक्रमितलाई भाइरसले भन्दा पनि सामाजिक तिरस्कारको डरले बढी कमजोर बनाउने भएकाले संक्रमितलाई परिवार र समाजको साथ चाहिन्छ। यो २० दिनको होम आइसोलेसनको बसाइमा आफन्तको साथ र सहयोगको महत्वपूर्ण बुझेको छु।

आउँदो समयमा कोही चिनजानका व्यक्ति संक्रमित भएमा हौसला दिन सम्भव भए भेट्ने, अन्यथा फोनबाट भए पनि कुरा गर्नेछु।

कोरोना संक्रमित ब्यक्ति बाट लेखिएको लेख