चन्द्रागिरि नगरपालिकामा एकै दिन थप ४० जनामा कोरोना संक्रमण पुष्टि

१८ असोज, काठमाडौं ।पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा ११ जना कोरोना संक्रमित भेटिएका छन् । चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार
च.न.पा वडा १ मा ३ जना,
च.न.पा वडा २ मा १ जना,
च.न.पा वडा ३ मा ७ जना,
च.न.पा वडा ४ मा ९ जना,
च.न.पा वडा ५ मा २ जना,
च.न.पा वडा ६ मा २ जना,
च.न.पा वडा ७ मा १ जना,
च.न.पा वडा १० मा १ जना,
च.न.पा वडा ११ मा २ जना,
च.न.पा वडा १२ मा २ जना,
च.न.पा वडा १४ मा १० जना,
गरि चन्द्रागिरि नगरपालिकामा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ४७४ पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ४७४  पुगेको हो।

संक्रमण पुष्टि भएकामध्ये २९२ जना निको भएका छन् भने ३६ जना अस्पतालमा र घरमा १४१ जना उपचार भइरहेको छन् ।

साथै संक्रमण पुष्टि भएकामध्ये  ३०५ जना पुरुष, १६९ जना महिला र १० जना बालबालिका रहेको छन्।

साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या ५ पुगेको छ ।