चन्द्रागिरि १५ वडाध्यक्षमा कांग्रेस ६०३ र एमाले २७१, कांग्रेस अग्रता कायमै

चन्द्रागिरि नगरपालिका वडा नं  १५ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ११०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ वडाध्यक्षमा ६०३ मत सहित नेपाली कांग्रेसका घनश्याम लुइटेलले अग्रता लिएको छ भने नेकपा एमालेका इन्द्र बहादुर महर्जनले २७१ मत पाएका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं १५ मा मेयर पदमा नेपाली काँग्रेसले ३०५ तथा नेकपा एमालेले ६४३ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि १५ मा ३०३५ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि १४  को मतगणना सकी सकेको छ ।