चन्द्रागिरि-२ का जनप्रतिनिधि बस्नेत एमाले प्रवेश

शुक्रबार नेकपा माओवादी केन्द्र पार्टीबाट निष्काशित भएका चन्द्रागिरि-२ बाँडभञ्ज्याङका वडा सदस्य मधुकर बस्नेत नेकपा एमालेमा प्रवेश गरेका छन् ।

यद्यपी पहिलो स्थानीय चुनावमा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित बस्नेतले यसअघि नै पार्टी परित्याग गरेको सामाजिक सञ्जाल मार्फत बताइसकेका थिए ।

आफू नेता भन्दा पनि एउटा सोंच हुँ भन्दै बस्नेतले आफू नेकपा एमाले पार्टीले जिम्मेवारी दिए चन्द्रागिरि २ को नेतृत्व लिन तयार रहेको बताए ।

शनिबार बाँडभञ्ज्याङमा आयोजित वडा पार्टी कार्यालयको उद्घाटन गर्दै काठमाण्डाै क्षेत्र नं. ९ का संघीय सांसद् कृष्णगोपाल श्रेष्ठले बस्नेतलाई नेकपा एमालेमा स्वागत गरेका थिए ।