
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाका वडा नं. १२ को एक कुखुरा फार्ममा बर्ड फ्लु संक्रमणको पुष्टि भएको छ ।
बर्ड फ्लू पुष्टि भएको क्षेत्रबाट रोग तत्काल नियन्त्रणमा लिन त्यहाँ रहेका कुखुरा नष्ट गरिएको फर्मका सञ्चालकले जनाएको छ।
संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १३०० कुखुरा नष्ट गरिएको छ । यस्तै कुखुराको अण्डा र दाना पनि नष्ट गरिएको वडा सदस्य प्रदिप अधिकारीले जनाएको छ ।