चन्द्रागिरि नगरपालिका वडा नं ३ मा नेपाली काँग्रेसको विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेस वडा अध्यक्षका उम्मेदवार दुर्गालाल महर्जन प्यानलनै विजयी भएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ मा मत पत्र खसेको भन्दा वढि फेला परेपछि केहि समय विवाद भएको थियो।

दुर्गालाल महर्जन निवर्तमान वडाध्यक्ष समेत हुन् भने नेकपा एमालेका नारायण बहादुर महर्जन र माओवादी केन्द्रबाट देवकृष्ण महर्जन लाइ पराजित गर्दै विजयी भएको हो ।