
चन्द्रागिरि नगरपालिका वडा नंं. २ बाद भन्ज्यांगमा बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्री माननीय युवराज दुलाल को प्रमुख आतिथ्यमा चण्डीकादेवीको प्रतिमा अनावरण गरिएको छ ।
चन्डिका देविस्थान समुन्द्री सतह देखि करिब १५५५ मिटर उचाइमा चन्द्रागिरी नगरपालिका वडा नम्बर २ कोइरालाथोक हाइटमा अबस्थित छ भने सदियौ देखि शक्तीकि देविको रुपमा स्थानियबासी हरुले परम्परागत पुजा आरधना गर्दै आएकी अलौकिक शक्तीरुपिणि माता चन्डिका किर्तिम हिमाल माथी बिराजमान भएकी छिन ।
यसै कलाकार देवेन्द्र पाण्डेले १६ औं शताब्दीको माैलिक कलाकृतिको प्रतिकको रूपमा ८ महिना लगाएर निर्माण गर्नुभएको हो भने सो मूर्ति उचाइ १० फिट रहेको छ ।
उक्त कार्यक्रममा प्रदेश सांसद् रमा आलेमगर, यमुनादेवी श्रेष्ठ, विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, पुर्व उपमेयर लिशा नकर्मी र वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।