चन्द्रागिरि ९ मा गठबन्धन बाट नेपाली कांग्रेसको जित

चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मा  गठबन्धन बाट नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धन बाट नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार अच्युत अधिकारी विजयी भएको हो ।



jibss

नेकपा एमालेका राम कृष्ण श्रेष्ठ सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि ९ मा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा २२८२ मत खसेको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६  र ७   को मतगणना सकी सकेको छ ।