
चन्द्रागिरि नगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ वडाध्यक्षमा ४३ मत सहित गठबन्धन बाट नेपाली कांग्रेस उम्मेदवारले अग्रता लिएको छ भने नेकपा एमाले उम्मेदवारले ३४ मत पाएका छन् ।
चन्द्रागिरि ९ मा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा २२८२ मत खसेको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ को मतगणना सकी सकेको छ ।