चन्द्रागिरि नगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ वडाध्यक्षमा ३३० मत सहित गठबन्धन बाट नेपाली कांग्रेस अच्युत अधिकारीले अग्रता लिएको छ भने नेकपा एमाले राम कृष्ण श्रेष्ठले २१० मत पाएका छन् । यस चन्द्रागिरि ९ मा मेयर पदमा नेपाली काँग्रेसले ३२५ तथा नेकपा एमालेले २०९ मत प्राप्त गरेको छन् ।
चन्द्रागिरि ९ मा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा २२८२ मत खसेको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ को मतगणना सकी सकेको छ ।
Leave a Reply
You must be logged in to post a comment.