चन्द्रागिरि ९ वडाध्यक्षमा कांग्रेस ७९० र एमाले ७८४

chandragiri 9 achuti adhikari vs ram krishna shrestha


jibss

चन्द्रागिरि नगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ वडाध्यक्षमा ७९० मत सहित गठबन्धन बाट नेपाली कांग्रेस अच्युत अधिकारीले अग्रता लिएको छ भने नेकपा एमाले राम कृष्ण श्रेष्ठले ७८४ मत पाएका छन् ।

यस चन्द्रागिरि ९ मा मेयर पदमा नेपाली काँग्रेसले ६३२ तथा नेकपा एमालेले ८०१ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि ९ मा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा २२८२ मत खसेको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६  को मतगणना सकी सकेको छ ।