कीर्तिपुरमा दिउँसै सडकमा कुटपिट गरी चन्द्रागिरि १० बोसिगाउँ बस्ने अरुणकाे हत्या

child death in chandragiri

चन्द्रागिरि नगरपालिका वडा नं. १० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका ८ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका ३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।

सोही नगरपालिका ३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।