आज देखि चन्द्रागिरि केबलकार सञ्चालनमा आउने,जिपलाईन पनि चढ्न पाईने

काठमाडौं भाद्र १८ । कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको चन्द्रागिरि केबलकार आज शनिबार देखि सञ्चालनमा आउने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भदौ १९ गते शनिबार देखि नियमित चन्द्रागिरि केबलकार सञ्चालन गरिन लागिएकाे हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहाले बताएका हुन् । ‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा शनिबारदेखि भाद्र १९ गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने शाहाले बताए ।

केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ । पाैराणिक महत्त्व बाेकेकाे भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत देशहरूबाट समेत चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्रबन्धक शाहाले नेपालकै उच्च स्थान चन्द्रागिरि हिल्समा जिप लाईन समेत भाेलीबाट सुभारम्भ गर्ने भएकाे छ । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्यय पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेकाे छ ।