तेश्रो चन्द्रागिरि मेयर कप तथा एघारौं सिन क्योइशिन राष्ट्रिय करांते प्रतियोगिता २०७९ सम्पन्न

तेश्रो चन्द्रागिरि मेयर कप तथा एघारौं सिन क्योइशिन राष्ट्रिय करांते प्रतियोगिता २०७९ भव्यताका साथ सम्पन्न भएको छ ।चन्द्रागिरि नगरपालिकाको वडा नं ५ गुर्जुधारा (त्रिशक्ति ब्यान्क़ुइत् ) मा आयोजित कार्यक्रमको समुद्घाटन काठमाडौं ।निर्बाचन क्षेत्र नं १० ‘ख’ का माननीय रमा आले मगर द्वारा भएको थियो ।

यसै अवसरमा माननीय द्वारा संघको नवनिर्मित भवनको समेत उद्घाटन  गर्नु भएको थियो । कार्यक्रम समापन चन्द्रागिरि नगरपालिकाका प्रथम निर्वाचित नगर प्रमुख घन श्याम गिरि द्वारा भएको थियो । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

यो प्रतियोगितामा विजेता खेलाडीहरुले सिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेका थिए ।