चन्द्रागिरि नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरी पुनः निर्वाचित

चन्द्रागिरि नगरपालिका को नगरप्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरी पुनः निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्ध तर्फबाट नेपाली कांग्रेसको मेयर उम्मेदवारमा घनश्याम गिरी विजयी भएको हो ।

अन्तिम मतगणना विवरण अनुसार गिरीले नेकपा एमालेका मेयर पदका उम्मेदवार उत्तम बहादुर राउतलाई पछि पार्दै पुनः नगरप्रमुख पदमा जित हात पारेका हुन् ।