चन्द्रागिरि– १५ तीनथानामा प्रहरी र आन्दोलनरत मिटरब्याज पीडितबीच झडप

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ। सोमबार माइतीघर आउन लागेका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो । उनीहरु बसेको स्थान चन्द्रागिरि– १५ तीनथानाबाट निस्किन नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीले माइतीघर आउन नदिएपछि पीडितहरु सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा समेत लिएको छ। मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।

तस्बिर:- अनलाइन खबर