
काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार भाइकृष्ण तामाङ प्यानलनै विजयी भएको हो ।
यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर २ नेकपा माओवादी केन्द्रकै गोपी शुर्खेती वडा अध्यक्षमा विजयी भएका थिए ।
तस्बिर :- सामाजिक संजाल