
चन्द्रागिरि,
धुवाँधूलो, भिडभाड, गाडीको घन्चमन्च र अव्यवस्थित संरचनाले मात्र होइन, जथाभाबी राखिएका साइनबोर्ड, होर्डिङ बोर्ड र पर्चा-पम्प्लेटले पनि चन्द्रागिरि नगरपालिकाको सौन्दर्य बिगारेको छ।
चन्द्रागिरि नगरपालिकाका सबै वडाहरु अवलोकन गर्दा प्रायः पोल, सार्बजनिक स्थल हरुमा अव्यवस्थित पोष्टर, फ्लेक्स तथा होर्डिङ बोर्ड दृश्य देख्न सकिन्छ । सडककिनारका बिजुलीका पोल यस्तै पोष्टर पम्प्लेट, होर्डिङ बोर्डले भरिएका छन् ।
चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रमा सेवाप्रदायक व्यक्ति वा संस्थाहरुले नगरपालिकाको स्वीकृत/अनुमती बेगर जथाभावी तथा मापदण्ड बिपरित, बिज्ञापनका व्यानर, पम्पलेट पोष्टरहरु राख्दै आएका छन्।
चन्द्रागिरि नगरपालिकाकाको सार्बजनिक स्थलमा अनुमति नलिई पोष्टर पम्पलेटहरू टासिएको पाइएमा चन्द्रागिरि नगरपालिकाकाले कारबाही गरिने भएको छ।
यस्तै, व्यक्ति वा संस्थाहरुले अव्यवस्थित बिज्ञापनका व्यानर, पम्पलेट पोष्टरहरु नहटाएको अवस्थामा चन्द्रागिरि नगरपालिकाले हटाउने र हटाउँदा लागेको खर्च सम्वन्धित संस्था तथा व्यक्तिहरुबाट असुल गरिने भएको छ।
व्यक्ति /कम्पनी वा संस्थाले अव उप्रान्त यस नगरपालिकाको पूर्व स्वीकृती लिएर मात्र उल्लेखित सेवा प्रदान गर्न सक्ने चन्द्रागिरि नगरपालिकाका जनाएको छ।
यस्तै , चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ७ बिज्ञापन कर अनुसार नगरपालिका क्षेत्रभित्र हुने सवै किसिमका विज्ञापनमा अनुसूची (६) बमोजिमको विज्ञापन कर लगाई असुल गर्दै आएको छन्।
यसै चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ७ बिज्ञापन अनुसार :
“चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र हुने सवै किसिमका विज्ञापनमा अनुसूची (६) बमोजिमको विज्ञापन कर लगाई असुल उपर गर्दै आएको छ ।”
यसै चन्द्रागिरि नगरपालिकाले “पुनश्चः कार्यालय प्रयोजनका लागि राखिएको ३० वर्गफुटसम्मको परिचयपाटीलाई कार्यालय बोर्ड मानिनेछ । मापदण्ड बमोजिम कार्यालय वोर्ड राखे वापत विज्ञापन कर लाग्ने छैन । सो भन्दा बढी भएमा नियमानुसार विज्ञापन कर लाग्नेछ । ” सचेत गराएको छ ।