
चन्द्रागिरि नगरपालिकाका मेयरले उपमेयरलाई कार्यवाहक बुझाएर विदेश भ्रमणमा निस्किएका छन् ।
मेयर घनश्याम गिरी जापानतिर लागेपछि उप्रमुख बसन्ती श्रेष्ठले कार्यवाहक पाएका हुन् । मेयर गिरीले फाल्गुन १४ गते देखि फाल्गुन २८ गतेसम्मका लागि उप प्रमुख बसन्ती श्रेष्ठलाई आफ्नो अनुपस्थितिमा कार्यवाहक दिएका हुन् ।
नेपालका तीन वटा नगरपालिकाका मेयरहरूलाइ जापान अन्तरार्ष्ट्रिय कर्पोरेसन एजेन्सी (जाइका) को निमन्त्रणामा मेयरहरू जापान गएका हुन् ।
चन्द्रागिरिसहित उपत्यकाबाट तीन वटा नगरपालिकाका नगरप्रमुखहरू ‘प्रोजेक्ट फर स्ट्रेन्थिङ डिजेस्टर रिस्क गभर्नेन्स फर रिसेन्लियस इन काठमाडाैं भ्याली’ विषयक कार्यक्रममा सहभागिताका लागि जापान गएका हुन् । उक्त कार्यक्रम फेब्रुअरी २५ बाट मार्च ११ सम्म सञ्चालन हुने छ ।