
चन्द्रागिरि नगरपालिकामा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको २१ हजार ९ सय १७ मत मध्ये मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १० हजार ३२ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले ७ हजार ८ सय ६२ मत पाएका छन्।
यो पदको बदर मत संख्या २ हजार १ सय ८२ रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ६ हजार २ सय ४४ मत बदर भएको छ । ३७० वटा मतपत्र बदर भएको छ ।