
चन्द्रागिरि नगरपालिका नगर प्रमुखमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको ३४,०६९ मत मध्ये मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १४८१७ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले १२९५० मत पाएका छन्।
यो पदको बदर मत संख्या ३०३० रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ९४९५ मत बदर भएको छ । ५४९ वटा मतपत्र बदर भएको छ ।