
चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको ८ हजार ४ सय ७७ मत मध्ये मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले ३ हजार ७ सय ८७ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले ३ हजार १ मत पाएका छन्।
साथै ढल्केको छाताका उम्मेदवारले २६, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ५१, राप्रपाका उम्मेदवारले २३२ , मादलका उम्मेदवारले १३ , हसिया तारा उम्मेदवारले १८, ह्रदय उम्मेदवारले २, करुवा उम्मेदवारले ५, कुकुरको टाउको आकृति उम्मेदवारले १, ब्याडमिन्टन क्क उम्मेदवारले १, गुलाफको फुल उम्मेदवारले २, लौरो उम्मेदवारले ६२, खानेपानीको धारा उम्मेदवारले २, कैची उम्मेदवारले १६ मत पाएका छन् ।
यो पदको बदर मत संख्या १ हजार १ सय १३ रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ३ हजार २ सय ६३ मत बदर भएको छ । १४६ वटा मतपत्र बदर भएको छ ।
You must be logged in to post a comment.