
चन्द्रागिरि नगरपालिकामा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको १० हजार ८ सय ०५ मत मध्ये मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले ५ हजार ३ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले ३ हजार ६ सय ८८ मत पाएका छन्।
यो पदको बदर मत संख्या १ हजार ३ सय ३० रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ३ हजार ९ सय २० मत बदर भएको छ । २०६ वटा मतपत्र बदर भएको छ ।