चन्द्रागिरि नगरपालिकाको जनसंख्या १ लाख ३६ हजार ८६०

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् ।



jibss

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार चन्द्रागिरि नगरपालिकाको जनसंख्या १ लाख ३६ हजार ८६० रहेको छ।

चन्द्रागिरि नगरपालिकामा  पुरूषको जनसंख्या ६८ हजार ३०३ जना र महिलाको जनसंख्या ६८ हजार ५५७ रहेको छ ।

चन्द्रागिरि नगरपालिकामा अविवाहितहरूको संख्या कुल जनसंख्याको २८.७ प्रतिशत रहेको छ । यसै  विवाहितको संख्या ६५.३ प्रतिशत रहेको बताइएको छ ।

वडा अनुसार जनसंख्या वितरण