चन्द्रागिरि नगरपालिकाले सरसफाईका लागि प्रत्येक वडाहरुलाई ५० हजार मासिक बजेट

चन्द्रागिरि नगरपालिकाले वातावरणीय सरसफाईका लागि प्रत्येक वडाहरुलाई ५० हजार मासिक बजेट उपलब्ध गराउदै आएको छ। चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको अनुसार प्रत्येक वडाहरुमा स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित नियमित सरसफाई हुने छ।



jibss

यस्तै चन्द्रागिरि नगरपालिका क्षेत्रका मन्दिर, सार्वजनिक स्थल, फुटपाथ, मुख्य चोक, मुल तथा सहायक मार्गहरुमा सरसफाई हुदै आएको छ भने वडा कार्यालयमार्फत सरसफाईमा खटिएका जनशक्तिले मासिक ज्याला पाउनेछन् ।