
चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १ हाजर ९ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ वडाध्यक्षमा ९०२ मत सहित नेकपा एमालेका संजय सिग्देलले अग्रता लिएको छ भने नेपाली कांग्रेस शान्ता उदासले ७१८ मत पाएका छन् । यस वडामा २१८५ मत खसेको छ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले ७१३ तथा मेयरमा नेकपा एमालेका उत्तम बहादुर राउतले ८५१ मत पाएको छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३ र ४ को मतगणना को मतगणना सकिएको छ ।