चन्द्रागिरि वडा नं ६ मा नेकपा एमालेको जित, सन्जय सिग्देल प्यानलसहित विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेको वडा अध्यक्षका उम्मेदवार सन्जय सिग्देलको प्यानल विजयी भएको हो ।

सन्जय सिग्देल निवर्तमान वडाध्यक्ष समेत हुन् भने नेपाली कांग्रेसका शान्ता उदास सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ वडामा २१८५ मत खसेको थियो भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४ र ५ को मतगणना सकी सकेको छ ।