चन्द्रागिरि नगरपालिकाले ज्येष्ठ नागरिकहरूका लागि मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने

चन्द्रागिरि नगरपालिकाले ज्येष्ठ नागरिकहरूका लागि मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने भएको छ। चन्द्रागिरि नगरपालिकामा स्वास्थ्य सेवा दिवसको उपलक्ष्यमा नगर प्रमुख घन श्याम गिरिले यसै बर्ष देखि सम्पुर्ण वडामा ‘घर दैलो नर्स सेवा’ संचालन गर्ने साथै यसै आर्थिक बर्ष देखि नगरपालिकाका सम्पुर्ण जेष्ठ नागरिकहरुलाई वडाका स्वास्थ्य संस्था मार्फत निशुल्क सुगर र प्रेसर को औषधि उपलब्ध गराउने तथा जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनु भएको छ।



jibss

साथै यसै बर्ष देखि नगरपालिकाको प्राथमिक अस्पतालमा डायलिसिस सेवा शुरु गरिने लक्ष्य राखिएको गिरिले बताउनु भयो। स्वास्थ्यकर्मीहरुको पारिश्रमिक एकरुपताको लागि पनि नगरपालिकाले यसै आर्थिक बर्षदेखि प्रक्रिया अगाडी बढाउने कुरा पनि उक्त कार्यक्रममा नगर प्रमुख जानकारी गराउनु भयो।

उक्त कार्यक्रममा नगरको पन्ध्रै वडाको स्वास्थ्य संस्थाका उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको थियो। कार्यक्रममा  सभापति सामाजिक समितिका संयोजक घनश्याम लुइँटेल, बिशेष अतिथि नगर उप प्रमुख बसन्ती श्रेष्ठ, विभिन्न शाखाका शाखा प्रमुख तथा विभिन्न वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।