चन्द्रागिरि नगरपालिकामा होटेल, रेस्टुरेन्ट, साधारण जलपान पसल, रिसोर्ट आदिको कर कति?

चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ५ व्यवसाय कर अनुसार :

“चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र दर्ता वा इजाजत प्राप्त गरी स्थापित उद्योग, व्यापार, व्यवसाय, सेवा र यस्तै प्रकारका जुनसुकै कारोबार गर्ने व्यक्ति वा निकायलाई व्यवसायको प्रकृति, आर्थिक कारोवार, स्थान बिशेष र लगानीका आधारमा अनुसूची (४) बमोजिम व्यवसाय कर लगाइ असुल उपर गरिनेछ । त्यसरी व्यवसाय कर असुल गर्दा बैंक तथा वित्तीय संस्था र सुपरमार्केटहरुको हकमा प्रत्येक कारोवार स्थलमा कारोवारको आधारमा अलग अलग ईकाइ मानी असुल उपर गरिनेछ ।” उल्लेख गरिएको छ ।