
चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेकी उप-मेयर उम्मेदवारमा वसन्ती श्रेष्ठ विजयी भएको हो ।
अन्तिम मतगणना विवरण अनुसार श्रेष्ठले गठबन्धनको भागमा परेको उपमेयर पदका उम्मेदवार राष्ट्रिय जनमोर्चा पार्टीका रोशन दानीलाई पछि पार्दै नगर उपप्रमुख पदमा जित हात पारेकी हुन् ।