
चन्द्रागिरि नगरपालिका वडा नं. ४, ५ र ६ को मतगणना जारी रहँदा उपप्रमुखमा नेकपा एमालेका बसन्ती श्रेष्ठको अग्रता कायमै राखेको छन् ।
पछिल्लो विवरण अनुसार गनिएको १० हजार ८ सय ५ मत मध्ये उमपेयरमा ४ हजार १ सय ६ मत सहित नेकपा एमालेका बसन्ती श्रेष्ठले अग्रता लिएको छ भने जनमोर्चाका रोशन दानीले १ हजार २ सय ४३ मत पाएका छन् ।
यो पदको बदर मत संख्या ३ हजार ९ सय २० रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । मेयर पदको १३३० मत बदर भएको छ । २०६ वटा मतपत्र बदर भएको छ ।