चन्द्रागिरिको उप–प्रमुखमा बसन्ती श्रेष्ठको फराकिलो अग्रता, ४ हजार ८ सय ८५ मत बदर

chandragiri up mayor basanti shrestha and rosahan dani

चन्द्रागिरि नगरपालिका वडा नं. ७, ८ र ९  को मतगणना जारी रहँदा उपप्रमुखमा नेकपा एमालेका बसन्ती श्रेष्ठको अग्रता कायमै राखेको छन् ।



jibss

पछिल्लो विवरण अनुसार गनिएको १५ हजार ५ सय १९ मत मध्ये उमपेयरमा ६ हजार ३ सय ८७ मत सहित नेकपा एमालेका बसन्ती श्रेष्ठले अग्रता लिएको छ भने गठबन्धन तर्फबाट जनमोर्चाका रोशन दानीले १ हजार ७ सय ३ मत पाएका छन् ।

यो पदको बदर मत संख्या ४ हजार ८ सय ८५ रहेको चन्द्रागिरि नगरपालिकाका  निर्वाचन अधिकृत सिर्जना  थापालियाले जानकारी दिनु भएको हो । मेयर पदको १६६१  मत बदर भएको छ भने २७८ वटा मतपत्र बदर भएको छ ।