चन्द्रागिरिको गठबन्धन दलका मेयर गिरी र उप मेयरका उम्मेदवार दानी के भन्छन् ?

२० वैशाख, काठमाडौं । आसन बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा राजधानी चुनावी सरगमी वढेर गएको छ ।

देश भरि चुनावी माहोलमा दलहरु होमी सकेका छन् । चन्द्रागिरि पनि दलहरु चुनावी प्रचार प्रसारमा होमी सकेका छन् । चन्द्रागिरि पनि यति खेर पाँच दलिय गठबन्धनबाट नगर प्रमुखमा घनश्याम गिरी नेपाली काँग्रेसको तर्फवाट प्रस्तुत भईसेका छन् भने राष्ट्रिय जनमोर्चाबाट रोसन दानीलाई उप प्रमुखमा उम्मेदवार बनाएको छ ।

गिरी २०७४ सालको निर्वाचनमा नगर प्रमुखको विजेता भएका थिए भने दानी उपमेयरमा पराजित भएका थिए । पाँच दलिय गठबन्धवाट उनीहरु घरदैलो देखि सभा सम्मेलन भेटघाटलाई तिव्रता दिदै आएका छन् । निर्वतमान नगर प्रमुख गिरी भन्छन्, प्रथम पटक म निर्वाचन भएर आए पछि नगरपालिकामा ठुला परिर्वतन भएका छन्, नेपालकै पहिलो सुरुङ मार्ग निमार्णमा सहजिकरण,कंलकी नागढुङगा सडक धुलाम्मे सडक निमार्ण पहल र सहजिकरण,चन्द्रागिरि केवल कार र पर्यटन प्रर्वधनमा सोचे भन्दा ठुलो सफलता, स्थानिय स्तरमै चन्द्रागिरिको पाँच वर्षमै आफ्नै सुविधा सम्पन भवन, १ अर्व वरावरको थानकोटमा अस्पताल निमार्ण कार्यलाई तिव्रता स्वास्थ्य,शिक्षा,सडक,कृषी लगायत क्षेत्रमा ठुलो सफलता, लगायत हजारौ काम सम्पन गरिसकेको बताए । गिरीले चन्द्रागिरि नगरपालिकालाई जिआइएस,जिपिएस र जिपीआर एस प्रणाली माफत डिजिटल नगर प्रोपाईल वनाउने काम अन्तिम चरणमा पुगेको छ ।

गिरीले फेरि भने, अव नगरपालिकामा महिला,वालवालिका र युवाहरुका लागि ठुलो काम गर्नु छ, स्थानिय स्तरमै रोजगारी सृजना गर्दे युवाहरुलाई यहि बस्ने बातावरण तयार गनु छ र नगरपालिकालाई प्रविधि मैत्री नगरपालिका बनाउनै पर्छ यही हाम्रा नागरिकहरुलाई स्वास्थ्य,शिक्षा,उद्योगको विकास गर्न मेरो नेतृत्वको टिम विजयी हुनै पर्दछ ।

लोकतान्त्रिक गठबन्धन दलबाट उप प्रमुखको उमेदवार रोसन दानीले चन्द्रागिरिका युवाहरुलाई स्थानिय स्तरमै रोजगार सृजन गर्ने बताए । दानीले महिलाहरुका लागि तालिमका माध्यमवाट उनीहरुलाई सवैकुरामा दक्ष बनाउने बताए । नगरपालिकामा आधारभुत आवश्यकताहरुको पहिचान गरि नगरलाई समृद्धिको बाटोमा लाने दानीको जिकिर छ ।