चन्द्रागिरि १० वडाध्यक्षमा एमाले १६३, कांग्रेस १४३ र माओवादी केन्द्र ७३

चन्द्रागिरि नगरपालिका वडा नं ८, ९ र १० को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ४ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १० वडाध्यक्षमा १६३ मत सहित नेकपा एमालेका शिव कुमार महर्जनले अग्रता लिएको छ भने नेपालि कांग्रेसका निरज प्रजापतिले १४३ र माओवादी केन्द्रका राम कृष्ण महर्जनले ७३ मत पाएका छन् ।

यस चन्द्रागिरि १० मा मेयर पदमा नेपाली काँग्रेसले १९० तथा नेकपा एमालेले १६८ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० मा २२५१ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ७ को मतगणना सकी सकेको।