चन्द्रागिरि १० वडाध्यक्षमा एमाले २२८, कांग्रेस २१७ र माओवादी केन्द्र १०३

चन्द्रागिरि नगरपालिका वडा नं  १० र ११  को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ६ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १० वडाध्यक्षमा २२८ मत सहित नेकपा एमालेका शिव कुमार महर्जनले अग्रता लिएको छ भने नेपालि कांग्रेसका निरज प्रजापतिले २१७ र माओवादी केन्द्रका राम कृष्ण महर्जनले १०३ मत पाएका छन् ।

यस चन्द्रागिरि १० मा मेयर पदमा नेपाली काँग्रेसले २९८ तथा नेकपा एमालेले २२७ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० मा २२५१ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ७ तथा ९ को मतगणना सकी सकेको छ ।