
चन्द्रागिरि नगरपालिका वडा नं १ वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका हरिश्याम रानामगर विजयी भएको हो । अध्यक्ष रानामगर संगै वडामा काँग्रेसका २ तथा नेकपा एमालेका २ सदस्य बिजयी भएका छन।
यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर १ एमालेका राजेन्द्र के.सी वडा अध्यक्षमा विजयी भएका थिए ।