
चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २७०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ वडाध्यक्षमा ९३९ मत सहित नेकपा एमालेका न्हुच्छे बहादुर महर्जनले अग्रता लिएको छ भने नेपाली कांग्रेसका प्रकाश श्रेष्ठले ८५० मत पाएका छन् ।
मेयर पदमा रूख चिन्हमा ९७९ तथा सूर्य चिन्हमा ९०१ मत परेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ मा ३५५३ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११ को मतगणना सकी सकेको छ ।