चन्द्रागिरि १३ वडाध्यक्षमा कांग्रेस १०४७ र एमाले ८६८

चन्द्रागिरि नगरपालिका वडा नं  १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २२०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ वडाध्यक्षमा १०४७ मत सहित नेपाली कांग्रेसका श्री कृष्ण खत्रीले अग्रता लिएको छ भने नेकपा एमालेका बाल मुकुन्द बिडारीले ८६८ मत पाएका छन् ।

यस चन्द्रागिरि १३ मा मेयर पदमा नेपाली काँग्रेसले १०५५ तथा नेकपा एमालेले  ८१५ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १३  मा २६५७ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११  को मतगणना सकी सकेको छ ।