चन्द्रागिरि १४ वडाध्यक्षमा एमाले ६८१ र कांग्रेस ६३६

चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १५०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ वडाध्यक्षमा ६८१ मत सहित नेकपा एमालेका राज भाइ महर्जनले अग्रता लिएको छ भने नेपाली कांग्रेसका किरण कार्कीले ६३६ मत पाएका छन् ।

यस चन्द्रागिरि १४ मा मेयर पदमा नेपाली काँग्रेसले ६०७ तथा नेकपा एमालेले ६९५ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा ३१३९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११ को मतगणना सकी सकेको छ ।