चन्द्रागिरि १५ वडाध्यक्षमा कांग्रेस ३२८ र एमाले १८३

चन्द्रागिरि नगरपालिका वडा नं १४ र १५ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ६०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ वडाध्यक्षमा ३२८ मत सहित नेपाली कांग्रेसका घनश्याम लुइटेलले अग्रता लिएको छ भने नेकपा एमालेका इन्द्र बहादुर महर्जनले १८३ मत पाएका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं १५ मा मेयर पदमा नेपाली काँग्रेसले १९६ तथा नेकपा एमालेले ३३४ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि १५ मा ३०३५ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि १३ को मतगणना सकी सकेको छ ।