
चन्द्रागिरि नगरपालिका वडा नं १५ ले महानगरलाइ सार्वजानिक शौचालयका लागि जमिन उपलब्ध गराउने भएको छ। शनिबार बिहान काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र चन्द्रागिरि नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्ष बीच भेट वार्ता भएको हो ।
उक्त भेट वार्तामा चन्द्रागिरि वडा नं १५ का वडाध्यक्ष घनश्याम लुइँटेलले महानगरसँग सीमा जोडिएको कलङ्कीमा सार्वजानिक शौचालय बनाउन आवश्यक भएकाले यसका लागि आफ्नो वडाले महानगरपालिकालाई जमिन उपलब्ध गराउने बताउनु भयो।
चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ ।
महानगर आगामी साउन १ गतेदेखि फोहर व्यवस्थापनअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्न सुरुआत गर्दैछ । ‘स्रोतमा नै फोहर नमिसाउने’ अभियानअन्तर्गत महानगरले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहर सङ्कलन गर्न लागेको जनाइएको छ । जनचेतना जगाउन उसले घरदैलो अभियान जारी राखेको छ ।
चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र महानगरका मेयर बालेन्द्र साहबीच चन्द्रागिरि नगपालिकामा भएको भेटवार्तामा फोहर व्यवस्थालगायत अन्य क्षेत्रमा सहकार्य गर्दै जाने विषयमा छलफल भएको हो ।
चन्द्रागिरि २ का ६ वडाध्यक्ष भाइकृष्ण तामाङ, वडा नं ६ का सञ्जय सिग्देल, ८ का प्रल्हाद रिजालले महानगरपालिकासँग नीतिगत सहकार्य र एकताका साथ नगरपालिका अगाडि बढ्ने बताए । कामपाले हरेक आवमा काठमाडौँ उपत्यकाभित्रका १८ नगरपालिकालाइ रु एक करोड प्रदान गर्दै आएको जनाइएको छ ।