चन्द्रागिरि नगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसको विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेस वडा अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद खड्गीको प्यानल विजयी भएको हो ।

कृष्ण प्रसाद खड्गी निवर्तमान वडाध्यक्ष समेत हुन् भने नेकपा एमालेका लेमन श्रेष्ठ र राप्रपा बाट पूर्ण श्रेष्ठ सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो ।