चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ मा गठबन्धनको प्यानल सहित विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धनको प्यानलका साथ माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार राजेन्द्र महर्जन दोब्बर मत भन्दा बढीले विजय भएको हो ।
पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ वडाध्यक्षमा १०५० मत सहित गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र महर्जन विजय भएको हो । चन्द्रागिरि ५ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। साथै दोश्रो स्थानमा नेकपा एमाले तर्फबाट सुर्य बहादुर महर्जनले ४६६ मत पाएका छन् । यस वडामा १९९८ मत खसेको थियो।
Leave a Reply
You must be logged in to post a comment.