चन्द्रागिरि ७ मा नेपाली कांग्रेसको जित, शम्भुकुमार के.सी प्यानलसहित विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार शम्भुकुमार के.सीको प्यानल विजयी भएको हो ।

सम्भु के.सी निवर्तमान वडाध्यक्ष समेत हुन् भने नेकपा एमालेका श्री हरि थापा सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । गत स्थानीय तह निर्वाचनमा केसीले थापालाई  नै पराजित गरेका थिए । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ वडामा २०१९ मत खसेको थियो भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ को मतगणना सकी सकेको छ ।

sambhu k c