
चन्द्रागिरि नगरपालिका वडा नं. ७, ८ र ९ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १ हाजर १ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ वडाध्यक्षमा ४८९ मत सहित नेकपा एमाले श्री हरि थापाले अग्रता लिएको छ भने नेपाली कांग्रेसका सम्भु के.सी ले ४०० मत पाएका छन् ।
यस चन्द्रागिरि ७ मा मेयर पदमा नेकपा एमालेले ५६० तथा नेपाली काँग्रेसले ३९८ मत प्राप्त गरेको छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा २०१९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ को मतगणना सकी सकेको छ ।