चन्द्रागिरि ८ मा नेपाली कांग्रेसको जित, प्रल्हाद रिजाल प्यानलसहित विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा  गठबन्धन बाट नेपाली कांग्रेस प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धन बाट नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार प्रल्हाद रिजालको प्यानल विजयी भएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा मत पत्र खसेको भन्दा वढि फेला परेपछि केहि समय मतगणना स्थगित भएको थियो।

नेकपा एमालेका सन्तोष खड्का सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि ८ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।

चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २९०० मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ९ को मतगणना सकी सकेको छ ।