चन्द्रागिरि नगरपालिका वडा नं ३ को वडा अध्यक्ष मा नेपाली कांग्रेस अग्रता कायमै

चन्द्रागिरि नगरपालिका वडा नं. ३ र ४ को मतगणना जारी रहँदा प्रमुखमा नेपाली कांग्रेस घनश्याम गिरि र उप प्रमुखमा नेकपा एमाले बसन्ती श्रेष्ठको अग्रता कायम राखेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ३ मा मेयरमा नेपाली काँग्रेसले ७९२ तथा उप मेयरमा नेकपा एमालेले ५५६ मत पाएको छ ।

पछिल्लो विवरण अनुसार गनिएको १ हजार ७ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ वडाध्यक्षमा ५७८ मत सहित नेपाली काँग्रेसका दुर्गा लाल महर्जनले अग्रता लिएको छ भने नेकपा एमालेका नारयण महर्जनले ४६६ तथा नेकाप माओवादी केन्द्रका देव कृष्ण महर्जनले ४८९ मत पाएका छन् ।  यस वडामा १९२० मत खसेको छ ।